श्री संन्सारीमाई मन्दिरले दैनिक भेटी सार्वजनिक गर्न थाल्यो भदौ २५ बिहीबार

भदौ २५ बिहीबार
माेरङकाे रंगेली ७ स्थित श्री संन्सारीमाई मन्दिरले मन्दिरमा संकलन भएको दैनिक भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ।
हालै नगरपालिका प्रशाशकिय अधिकृत प्रदिप कुमार साह सहितकाे नेतृत्वमा रहेका ५ पदाधिकारी द्वारा मन्दिर व्यवस्थापनले मंन्दिरकाे आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत एक दिनअघिको आम्दानीको विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको छ । मन्दिरले सोमबार संकलन भएको भेटी तथा अन्य आम्दानीको विवरण मंगलबार सार्वजनिक गर्ने र यसैगरी प्रत्येक दिन अघिल्लो दिनको आय–व्यय विवरण सार्वजनिक गर्ने जनाएको छ। मन्दिरले सार्वजनिक गरेको विवरणअनुसार सोमबार भेटीबाट रु. १२ हजार ९१०, सहयोग ८ हजार ५२१, बजारबाट रु. १२ हजार ७५० तथा ४२ वटा बोकाको बलिबाट रु. १० हजार ५०० आम्दानी भएको छ। यसरी सोमबार मन्दिरको कुल आम्दानी रु. ४४ हजार ६८१ रहेको मन्दिरकाे फेशबुकमा उल्लेख्य गरेको छ। दैनिक रूपमा भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्ने अभ्यासले गर्दे मन्दिरको आर्थिक कारोबारप्रति भक्तजन तथा सर्वसाधारणमा पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ।