सामाजिक सञ्जालको पासवर्ड र बैंक ओटीपी गोप्य राख्न मोरङ प्रहरीको आग्रह

विराटनगर । अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै मोरङ प्रहरीले सामाजिक सञ्जालका पासवर्ड, बैंकको ओटीपी लगायतका गोप्य विवरण कसैलाई पनि नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले बैंकका कर्मचारी भन्दै फोन गरेर ओटीपी माग्ने लगायतका ठगीका गतिविधि हुने गरेको जनाएको छ। अपरिचित फोन, सन्देश वा लिंकमा विश्वास नगर्न तथा अनलाइन कारोबारसम्बन्धी कुराकानीको स्क्रिनसट सुरक्षित राख्नसमेत प्रहरीले अनुरोध गरेको छ।