विराटनगरका १५ वर्षीय रेवत रोक्काको उपचारका लागि  आर्थिक सहयोगको परिवारले अपिल गरेका छन्।

विराटनगर

विराटनगर–१४ निवासी १५ वर्षीय रेवत रोक्काको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

कक्षा १० मा अध्ययनरत रेवतलाई अचानक बान्ता हुने तथा बेहोस हुने समस्या देखिएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। MRI परीक्षणका क्रममा उनको मस्तिष्कमा तेस्रो चरणको ट्युमर रहेको पुष्टि भएको परिवारले जनाएको छ। शल्यक्रियापछि चिकित्सकहरूले रेवतलाई क्यान्सर भएको जानकारी दिएको बताइएको छ।

हाल रेवतलाई १० चरणको किमोथेरापी आवश्यक रहेको छ। उपचारका क्रममा हालसम्म करिब २० देखि २२ लाख रुपैयाँ खर्च भइसकेको उनका दाइ सागर रोक्काले जानकारी दिनुभयो। भाइको उपचारका लागि वैदेशिक रोजगारीबाट नेपाल फर्किनुभएका सागरका अनुसार रेवतलाई पूर्ण रूपमा स्वास्थ्य लाभ हुन अझै करिब ६–७ महिना उपचार आवश्यक पर्नेछ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारलाई निरन्तरता दिन थप आर्थिक सहयोग आवश्यक परेको परिवारले जनाएको छ। परिवारले रेवतको उपचारमा सहयोग गरिदिन देश–विदेशमा रहेका सहयोगी मनहरूसँग आग्रह गरेको छ।

“तपाईंको सानो सहयोगले रेवतको उपचारमा ठूलो योगदान पुग्न सक्छ।”

सहयोग गर्न इच्छुक महानुभावहरूले परिवारले उपलब्ध गराएको QR विवरणमार्फत आर्थिक सहयोग गर्न सक्नुहुनेछ।