सफा र सुन्दर विराटनगर’को नारामुनि रानी क्षेत्र सडकहरूमा फोहोरको थुप्रो

विराटनगर ।

विराटनगर महानगरपालिकाले “हामी सबैको रहर : शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर” भन्ने नारा अघि सारेको छ। तर, महानगरपालिकाका वडा नम्बर १५ र १७ अन्तर्गत रानी क्षेत्रका केही सडक किनारको अवस्था भने उक्त नारासँग मेल नखाने देखिएको छ। रानी क्षेत्रमा सडक किनारमै जथाभावी फालिएको फोहोरको थुप्रो देखिन थालेपछि स्थानीयवासी तथा सडक प्रयोगकर्ता समस्यामा परेका छन्। फोहोरका कारण दुर्गन्ध फैलिनुका साथै वातावरण प्रदूषित हुने जोखिम बढेको स्थानीयको भनाइ छ।व्यस्त आवागमन हुने रानी क्षेत्रमै सडक किनारमा फोहोर थुप्रिँदा सरसफाइ व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ। फोहोर नियमित रूपमा उठाउने र जथाभावी फोहोर फाल्न रोक्ने व्यवस्था प्रभावकारी बनाउन स्थानीयवासीले माग गरेका छन्।महानगरपालिकाले ‘सफा र सुन्दर विराटनगर’ बनाउने अभियान सञ्चालन गरिरहँदा वडा नम्बर १५ र १७ को रानी क्षेत्रको यो अवस्थातर्फ सम्बन्धित निकायको ध्यान कहिले पुग्छ भन्ने प्रश्न उठेको छ।