मंसिर २, बुधबार
विश्व सीओपीडी दिवसको अवसर पारेर मोरङको रंगेलीमा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग सीओपीडीबारे जनचेतना फैलाउने उद्देश्यले रंगेली अस्पतालले -याली निकालिएको छ।
अस्पतालको प्राङ्गणबाट निकालिएको र्यालीमा अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो। र्यालीले मुख्य बजार, बसपार्क , खानेपानी सडक हुदै नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सीओपीडी रोगको जोखिम, लक्षण, समयमै पहिचान र उपचारको महत्वबारे जानकारी गराएका थिए ।
‘समयमै सीओपीडी रोग पहिचान गरौँ, सही उपचार अपनाऔँ, जीवन सहज बनाऔँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर समेत प्रदर्शन गरेका थिए। सीओपीडी फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा असर गर्ने दीर्घकालीन रोग हो। विशेषगरी धूमपान, वायु प्रदूषण, धुलो–धुवाँ तथा हानिकारक ग्यासको लामो समयसम्मको सम्पर्क यस रोगका प्रमुख जोखिममध्ये पर्छन्। लामो समयसम्म खोकी लाग्ने, खकार आउने र सास फेर्न गाह्रो हुने यसका प्रमुख लक्षण हुन्। चिकित्सकको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण, समयमै रोगको पहिचान र उचित उपचार अपनाउन सके रोगबाट हुने जटिलता तथा जोखिम न्यूनीकरण गर्न सकिने बताएको छ ।
कार्यक्रममा अस्पतालका मेसु जितेन्द्र कडेल, डाक्टर अनु यादव , डाक्टर चन्द्र शेखर , डाक्टर आशिष यादव लगायत सहित अन्य स्वास्थ्यकर्मी हरुकाे समेत उपस्थिति रहेको थियोे । विश्व सीओपीडी दिवसले श्वासप्रश्वाससम्बन्धी रोगप्रति नागरिकलाई सचेत गराउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने भएकाले रंगेली अस्पतालको यस अभियानले स्थानीय समुदायमा स्वास्थ्य सचेतना गरनउने उदेश्यले यस्तो कार्यक्रमकाे आयोजना गरिएको मेसु कडेले बताए ।