सुनचाँदीको मूल्यमा वृद्धि, दोस्रो दिनमै सुन २ सय रुपैयाँले महँगियो

विराटनगर ।।आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन अर्थात् शुक्रबार नेपाली सुनचाँदी बजारमा मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव, मुद्रा विनिमय दर, माग र आपूर्तिको अवस्था अनुसार निर्धारण गरिन्छ।