जनता समाजवादी पार्टी नेपाल मोरङको जिल्ला समिति शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङको जिल्ला समितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। वैशाख २९ र ३० गते सम्पन्न जिल्ला अधिवेशनमा चयन तथा मनोनीत भएका पदाधिकारीहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्।

जिल्ला समितिमा राजकुमार यादव अध्यक्ष चयन भएका छन् भने मनन्तलाल यादव र मोहम्मद हकिम उदिन उपाध्यक्ष बनेका छन्। हरिनारायण शाह सचिव र राकेश रोशन यादव तथा दुर्गाप्रसाद बर्लामी उपसचिव पदमा चयन भएका छन्। कोषाध्यक्षमा बिनिता सिंह चयन भएकी छिन्।

त्यसैगरी सदस्यहरूमा सुमित्रा यादव, किरण राई, रामचन्द्र मण्डल, कुमारलाल ठाकुर, किरणकुमारी मण्डल, रामबहादुर यादव, र प्रेमनारायण झा लगायत रहेका छन्।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले शपथ ग्रहणसँगै आफ्नो जिम्मेवारीबारे प्रतिबद्धता जनाउँदै प्रमाणपत्र समेत प्राप्त गरेका थिए।पार्टीले नयाँ नेतृत्वद्वारा संगठनलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा केन्द्रीय सदस्य जयराम यादव, रन्जु बर्मा, कुनता राई, सदिना खातुन, पन्नालाल मण्डल, सुरेश सिंह गनगाई, सञ्जय सिंह,कोशी प्रदेशका अध्यक्ष दीपक आख्या,प्रदेश सचिव अनिल ठाकुर लगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।