

सप्तरी । सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर २ पौवाँ निवासी दम्पतिको आज बिहान करेन्ट लागेर ज्यान गएको छ । प्रहरीका अनुसार स्थानीय कैला भनिने बालेश्वर खंग र उनकी पत्नी रामकुमारीको ज्यान गएको छ ।
सिटी रिक्सा चार्ज गर्ने क्रममा दुबै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, राजविराजका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।