
विराटनगर। सेन्ट जोसेफ स्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै सात दिने अभिमुखिकरण कार्यक्रम गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सन्जालको अत्यधिक प्रयोगले पार्ने दृष्प्रभाव, स्कूलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विज्ञहरूले जानकारी गराएका थिए ।
अभिमुखिकरण कार्यक्रममा मिस्टर फ्रेसर र मिस फ्रेसरका रुपमा नदिम खान र रानी मण्डल विजयी भए । त्यस्तै, मिस चार्मिङतर्फ सन्जना मगर, मिस्टर चार्मिङमा आशिष खड्का, मिस कन्फिडेन्टगा पोसना भारतीर मिस्टर कन्फिडेन्टमा चन्दन साह भए ।
सोही क्रममा विद्यालयको नयाँ शैक्षिक सत्रमा व्यवस्थापन, डोटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटर साइन्स संकायमा गरी करिव २ सय विद्यार्थी भर्ना भएको जानकारी दिइएको छ । हाल स्कूलमा १ हजार ७ सय भन्दा बढी विद्यार्थी र कर्मचारी कार्यरत छन्।