स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

संसारी खबर
संसारी खबर || आइतबार, साउन ११, २०८२
स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । सिरहाको लहान–३ अस्पताल चोकबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६ सय ९५ नगदसहित एक भारतीय नागरिक अन्दाजी २४ वर्षीय राहुल कुमारलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने  रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका गणपति एसपी नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा बेस क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !