नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको आन्दोलन जारी

विराटनगर ।  लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको आन्दोलन जारी रहेको छ ।
सोही क्रममा काठमाडौंस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा हिजो आन्दोलनरत पक्षले धर्ना दिएको छ ।

दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई छ । सो निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

आफ्ना मागहरु पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने आन्दोलनरत पक्षको चेतावनी छ । निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उनीहरुले माग गरेकाछन् ।