
विराटनगर । दशैं लक्षित गर्दै प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पोष्टर सार्वजनिक गरिएको छ। निर्माणपक्षले शुक्रबार सार्वजनिक गरेको पोष्टरमा चर्चित कलाकार हरिवंश आचार्यलाई प्रस्तुत गरिएको छ।
हरिवंश आचार्यद्वारा निभाइएको ‘हरिबहादुर’ पात्र टेलिभिजन दर्शकमाझ निकै लोकप्रिय छ। सार्वजनिक पोष्टर शान थापा र विजय वस्यालले डिजाइन गरेका हुन्।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, र कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको चलचित्र सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन्।
चलचित्रको संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत रहेको छ।
‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपाती (असोज १३ गते) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।