
विराटनगर। नेपाली बजारमा आज (मंगलबार) पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। पछिल्ला केही दिनयता सुनको मूल्य लगातार उकालो लागिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १,९८,५०० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १,९६,६०० रूपैयाँमा कारोबार भएको सुन मंगलबार १,९०० रूपैयाँले बढेको हो।
यसअघि सोमबार पनि सुनको मूल्य १ सय रूपैयाँले बढेको थियो। आइतबारदेखि सुरु भएको वृद्धिको क्रम मंगलबार झन तीव्र भएको देखिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार २,२५५ रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार २,२८० रूपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा २५ रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रति औंस ३३७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यवृद्धिले नेपाली बजारमा समेत प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।
सुन–चाँदीको मूल्यमा निरन्तर भएको बढोत्तरीले लगानीकर्ता र उपभोक्ताको ध्यान तानिरहेको छ। विवाह, चाडपर्व तथा अन्य अवसरमा सुनचाँदी किन्ने तयारीमा रहेका उपभोक्तालाई मूल्यवृद्धिले केही असर पार्ने देखिएको छ।