
विराटनगर। सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा आज बिहान करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार स्थानीय ४२ वर्षीय शम्भुकुमार इसरको घटनास्थलमै मृत्यु भएको हो।
इसर गाउँकै धान खेतमा जडान गरिएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।