
विराटनगर । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ। आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने धार्मिक विधिलाई पवित्रारोहण भनिन्छ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा हरेक वर्षझैं यस वर्ष पनि भगवान् पशुपतिनाथलाई नयाँ जनै फेरेर पवित्रारोहण पर्व मनाइँदैछ। धार्मिक विश्वास अनुसार, आज नयाँ जनै फेरेपछि भगवान् पशुपतिनाथ गोसाइँकुण्ड जाने मान्यता रहिआएको छ।
आम भक्तजनले भने श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा पालन गर्छन्। तर पशुपतिनाथलाई भने परम्पराअनुसार पूर्णिमाभन्दा एक दिनअघि नै नयाँ जनै फेर्ने गरिएको हो।