
विराटनगर । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउको धानखेत र बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा प्रहरीले फेला पारेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।