सुनको मूल्य दुई सयले घट्यो, चाँदी पनि सस्तो

विराटनगर। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ९९ हजार २ सय रुपैयाँमा स्थिर भएको हो।

यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।