
विराटनगर। भारतको राजस्थान राज्यको दौसा जिल्लामा आज बिहान भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। मृतकमध्ये सात महिला र तीन बालबालिका रहेका छन्।
दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा बिहान करिब ३ बजे पिकअप र ट्रेलर ठोक्किँदा भएको हो। गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरस्थित एसएमएस अस्पतालमा पुर्याइएको छ, जसमा पाँच जनालाई आईसीयूमा भर्ना गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतकहरू भारतको उत्तर प्रदेशको एटाका बासिन्दा हुन्। गम्भीर घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।