
विराटनगर । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर एक लाख ९६ हजार २०० रुपैयाँमा पुगेको छ।
बिहीबार सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार यसको मूल्य प्रतितोला दुई हजार ३४० रुपैयाँ रहेको थियो।