
विराटनगर। प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन भएको छ। शुक्रबार विराटनगरमा सम्पन्न भेलाले युवा पत्रकार निशान्त ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी चयन गरेको हो।
नवगठित कमिटीमा उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना कार्की तथा सदस्यहरूमा सुजाता राई, राम खत्री र काजल देव रहेका छन्। यो जानकारी प्रेस चौतारी मोरङका अध्यक्ष चीना थापाले दिएका हुन्।
गठन कार्यक्रम एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य विक्रम लुइँटेल, कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव तथा प्रचार विभाग प्रमुख सन्तोष बान्तवा, लगायतको उपस्थिति रहेको थियो ।