
विराटनगर । विराटनगर–१० मा रहेको शिक्षादीप स्कुलले कृष्ण जन्माष्ठमी मनाएको छ ।
स्कुलमा एक कार्यक्रमको आयोजना गरेर कृष्ण जन्माष्ठमी मनाएको हो ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले विभिन्न भेष भुसा लगाएर राधा–कृष्णको नृत्य,नाटक कृष्णाको भजनलगायत विभिन्न कार्यक्रम गरेर उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए । यस्था कार्यक्रमले विद्यार्थीमा भएको क्षमता विकाश हुने स्कुलका कार्यक्रम संयोजक गणेश गौतमले बताए ।
यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीहरूलाई धर्म, भक्ति र सत्कर्मको बारेमा ज्ञान हुने संयोजक गौताले बतानए । श्रीकृष्णको जीवनदर्शन र उपदेशहरूको स्मरण गराउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।