
विराटनगर । काठमाडौंबाट विराटनगरतर्फ उडान भरेको श्री एयरलाइन्सको विमान प्राविधिक समस्या देखिएपछि आज बिहान आकस्मिक अवतरण गर्नुपरेको छ।
कम्पनीका अनुसार बिहान ७:३० बजे काठमाडौंबाट विराटनगरका लागि उडान नम्बर ७३१ उडेको केही मिनेटमै समस्या देखिएको थियो। पाइलटले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै विमानलाई तत्काल काठमाडौंमै अवतरण गराएका हुन्।
आकस्मिक अवतरणमा रहेका सबै यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ। कम्पनीले समस्या समाधान भएपश्चात मात्र पुनः उडान भर्ने जनाएको छ।