
इनरुवा/ सुनसरीको देवानगञ्ज गाउँपालिका–६ स्थित बुढीखोला पुल नजिक सशस्त्र प्रहरीले ५९ केजी गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा नम्बर प्लेटविहीन पल्सर मोटरसाइकल रोक्ने प्रयास गरेको थियो । तर चालकले नियन्त्रण गुमाउँदा सो मोटरसाइकल नालामा पल्टिएको र त्यसपछि गाँजा फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा चालकसहित दुई जना सवार थिए । दुर्घटनापछि दुवै जना फरार भएका छन् । बरामद मोटरसाइकल र लागुऔषधलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।