 
विराटनगर । देशका विभिन्न स्थानमा आज मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा पहाडी भूभागका धेरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, राति देशभर साधारणतया बदली रहने विभागले जनाएको छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागले वर्षा भइरहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
 
                 
                 
           
           
           
           
          