चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण पुष्टि

विराटनगर । चितवनमा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ निवासी ३६ वर्षीया महिलाको आज निधन भएको हो।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ ४ गते ती महिला अस्पतालमा भर्ना भएकी थिइन्। स्क्रब टाइफससँगै उनी छारे रोगबाट पनि पीडित थिइन्।

यसैबीच, जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार हालसम्म एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

चितवनका मात्र ५८ जना स्क्रब टाइफसबाट पीडित रहेको जनाइएको छ।