
विराटनगर । नेपाली कांग्रेस माेरङ क्षेत्र नंं. ४ (१) ले झाेराहाटमा चरचना साथै तिज कार्यक्रम सम्पन्न गरेकाे छ ।
झाेराहाट स्थित मणिकर्निका सभा हलमा भव्यरूपमा आयाेजित शुभकामना आदान- प्रदान कार्यक्रमलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले संवाेधन गरेका थिए । उनले सामाजिक तथा सांस्कृतिक महत्त्वलाई बुझेर यसकाे गरिमा बचाइराख्न जरूरी भएको बताए ।
कार्यक्रममा झण्डै २ हजार बढी महिला ,दिदीबहिनी तथा कांग्रेसका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियाे । उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व राज्य मन्त्री दीलिप गच्छदार , संविधानसभा सदस्य भुटनीदेवी खवास , नेपाली कांग्रेस काेशी प्रदेश सदस्य केशर व. वस्नेत, शुची चाैधरी, माेरङका का. बा.सभापति भक्तिनाथ माझी, महिला संघ सभापति शान्ता पाैडेल,सचिव प्रमिला थापा, ने. कां. विराटनगरका सभापति दिपक चापागाईं , ग्रामथान सभापति तुलसी विस्वास, युवा नेता विनायक पन्त,थारू केन्द्रीय सदस्य जयमाला थारू, कांग्रेस नेतृ मन्जिता सरदार लगायतका नेता कार्यकर्ताहरूले आ-आफ्ना भनाइ राखेका थिए । कार्यक्रम प्रदेश क्षेत्रीय समिति ४ (१) सभापति सविता माझीकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।