नक्कली सुन बेचेर ठगी गर्ने आरोपमा सोलुखुम्बुका युवक काठमाडौंमा पक्राउ

विराटनगर । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको आरोपमा सोलुखुम्बु दूधकुण्ड नगरपालिका–१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। शेर्पासँग प्रहरीले सुनजस्तो देखिने १ किलो धातु बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको वस्तु सुन नभई सुनजस्तै देखिने धातु भएको र सोही प्रयोग गरी लाक्पाले विभिन्न व्यक्तिलाई झुक्याएर ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।