
विराटनगर । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का १९ वर्षीय जीवन कटुवाल छन् ।
१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (भदौ ९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
जीवनले बुद्धशान्ति गाउँपालिका–१, होक्सेमा ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।