
विराटनगर । कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मारुती भ्यानका चालक नवराज बाँस्कोटाको मृत्यु भएको छ। २९ वर्षीय उनको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा घाइते भएका पृथ्वीनाथ साह, उनकी श्रीमती पुनमदेवी साह, छोरा प्रसन्न साह र छोरी प्रिन्सा साहको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न बोलेरो चालक सुमन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।