एक युवा स्वीमिङ पुलमा मृत फेला

संसारी खबर
संसारी खबर || आइतबार, भाद्र १४, २०८२
एक युवा स्वीमिङ पुलमा मृत फेला
एक युवा स्वीमिङ पुलमा मृत फेला

विराटनगर ।शुक्रबार झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा  एक युवा मृत फेला परेका छन् ।

बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईं स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक प्रसाईं आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ः०० बजे पार्कमा पुगेका थिए ।

पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ः०० बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस !