सागर डिस्टिलरीको भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला हुने।

विराटनगर । सागर डिस्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गर्ने भएको हो। यस सेयरको अंकित मूल्य प्रतिकित्ता एक सय रूपैयाँ तोकिएको छ।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

भदौ २९ गतेसम्म सेयर बिक्री खुला हुनेछ, यो समयमा सबै सेयर बिक्री नभए असोज ८ गतेसम्म आवेदन अवधि लम्बिन सक्छ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पहिले नै १ लाख ४५ हजार २०० कित्ता सेयर निष्कासन भइसकेको छ।

सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सेयर र कम्पनीको आफ्ना कर्मचारीको लागि ४३ हजार ५६० कित्ता सेयर लागि छुट्याइएको छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।