सुनको मूल्य दुई हजारले बढ्यो, चाँदी पाँच रुपैयाँले घट्यो

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो मूल्यसँगै सुनले फेरि नयाँ उच्चतम बिन्दु लिएको छ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मागमा आएको भिन्नताले सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ।