संसद भवनको निरीक्षणमा मन्त्रीहरू

विराटनगर सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गर्न पुगेका छन्।

अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन्।

संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ। उनीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन्।