विराटनगर, मोरङ । विराटनगर–८ बाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले १५ वटा पोकामा राखिएको ५३८ केजी गाँजा बरामद गर्न सफल भएको हो।
प्रहरीका अनुसार प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो। सो क्रममा कारधनी र चालक फरार रहेका कारण उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।