१३ असोज, बिराटनगर
यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाअन्तर्गत सोमबार भइरहेको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई बलियो लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।
नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
