अक्टाेबर ९ काे हल्लाबारे मिराज ढुंगाना- कुनै आन्दाेलन छैन

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टाेबर ९ मा कुनै पनि आन्दाेलनका कार्यक्रम नरहेकाे प्रष्ट्याएका छन् । अक्टाेबर ९ मा फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा त्राश फैलाइएपछि उनले साे प्रष्टीकरण दिएका हुन् ।

ढुंगानाले देशमा कायम भएकाे शान्ति विथोल्न युवाहरूले नचाहेकाे बताए । टिकटकमा भिडियाे पाेस्ट गर्दै ढुंगानाले भनेका छन्, `धेरैले मलाई अक्टाेबर ९ काे विषयमा साेधिरहनुभएकाे छ । म प्रष्ट्याउन चाहन्छु अक्टाेवर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने याेजना छैन । त्यस्ताेमा हामी संलग्न हुँदैनाैं। शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।´

एजेन्डाबिना कुनै पनि आन्दाेलन गर्नुकाे औचित्य नहुने ढुङ्गानाको भनाइ छ । उनले थपे, बअक्टोबर ८ मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौ । अब बाघ बाेकेर ल्याउन सकिँदैन जंगलबाट । त्यस्ताे अवस्था थियाे । एजेन्डाबिना हामी कुनै पनि खालकाे प्रदर्शनमा भाग लिदैनाैं । देशमा बनिसकेकाे शान्ति फेरि भंग गर्नेवाला छैनाैं ।’

अहिले आन्दाेलन गर्नुपर्ने कुनै पनि कारण नरहेकाे ढुंगानाले बताए । आफूहरूकाे माग पूरा नभएमा विभिन्न ढंगबाट दवाव दिन सकिने उनकाे भनाइ छ । ‘एजेन्डाबिनाकाे आन्दाेलनकाे कुनै अर्थ छैन । हामी जेनजी यसमा संलग्न छैनाैं’ उनले दाेहाेर्याए ।