विराटनगरमा जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण सुरु

विराटनगर, मोरङ  : जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया मोरङमा औपचारिक रूपमा सुरु गरिएको छ। सरकारको निर्णयअनुसार घाइतेहरूलाईपरिचयपत्र प्रदान गर्ने कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय, मोरङले बिहीबारदेखि वितरण कार्य आरम्भ गरेको हो।
कार्यक्रमअन्तर्गत पहिलो परिचयपत्र विराटनगर–५ निवासी सूर्य कोइरालालाई प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सेवा शुभारम्भ गरेका छन्।