विराटनगर असोज २७ —
सुनसरीको झुम्का कारागारबाट फरार दुई कैदी भारतको जोगबनी नजिकै बथनाहाबाट चोरीका मोटरसाइकलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिकाका २९ वर्षीय पिन्टू कुमार यादव र कप्तानगञ्ज गाउँपालिका–४ का २८ वर्षीय उमेश कुमार मेहता रहेका छन्। उनीहरूलाई भारतीय प्रहरीले स्थानीय बजारमा चोरीका मोटरसाइकल बिक्री गर्न खोजिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरू सँगै रहेका देवानगञ्ज, सिनवारीका अनिल यादव भने घटनास्थलबाट फरार भएको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट रातो अपाची, कालो होन्डा र कालो पल्सर गरी तीनवटा मोटरसाइकल बरामद गरिएको छ। पिन्टू र उमेशले भारतको बिरपुर र नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको बयान दिएका छन्। दुवै जना केही समयअघि भएको जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदी भएको पुष्टि भएको छ ।