त्रिकोणात्मक टी–२० सिरिज : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

विराटनगर । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। दुबै टोलीबीचको दोस्रो खेल बिहीबार साँझ ७:४५ बजे सुरु हुनेछ।

यसअघि नेपाल र नेदरल्यान्ड्सबीच भएको पहिलो खेल रोमाञ्चक बनेको थियो। तीनवटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्सले नेपाललाई हराएको थियो।

सिरिजमा तीन खेल खेलेको नेदरल्यान्ड्स दुई खेल जित्दै चार अंकसहित शीर्ष स्थानमा छ। दुई खेल खेलेको नेपालले एक जित र एक हारसहित दुई अंक जोडेको छ।

नेदरल्यान्ड्सले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय बेहोरे पनि दोस्रो खेलमा नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो। तेस्रो खेलमा उसले स्कटल्यान्डलाई १७ रनले पराजित गरेको थियो।

स्कटल्यान्डले नेपालसँग दुई विकेटको हार व्यहोरे पनि पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।

सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र स्कटल्यान्डबीच हुनेछ। समान दुई अंक भए पनि रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।