 
विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरुमा विद्युत लाइन काटिदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।
नेपालमा आर्थिक क्षेत्रमा देखापरेको समस्या क्रमश समाधान हुँदै गइरहेको परिवेशमा गत भदौ २३ र २४ गते भएको प्रदर्शनले निजी उद्योग, सुपरमार्केट, कल कारखाना,सञ्चार क्षेत्रमा तोडफोड र आगजनी भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था सिर्जना भएकाले यसतर्फ ध्यान दिएर वार्ता र संवाद गर्दै सुरक्षा र उद्योग सञ्चालन गर्ने वातावरण बनाउन मुख्यमन्त्री कार्कीले आग्रह गरे।
 
                 
                 
           
           
           
           
          