१५ कात्तिक, विराटनगर । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुई दिनअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बर कार जलेको अवस्थामा फेला परेको थियो ।
शनिबार बिहान झापा गाउँपालिका ५ मा पर्ने विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव फेला परेको हो ।