मोरङ जहदा गाउँपालिकाले करार दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरिएको छ ।

 

१७ कार्तिक बिराटनगर

मोरङ जहदा गाउँपालिकाले करार दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरिएको छ । पालिकामा करार दरबन्दी र करार तथा ज्यालादारी ६६ कार्यरत जना कर्मचारीहरु मध्येय २० जान कर्मचारीहरुको सम्झौता कात्र्तिक १६ गतेदेखि रद्द गरिएको हो । जेनजी आन्दोलन पश्चात नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८२ असोज ५ को निर्णय, अर्थ मन्त्रालयको च.नं. ११८ मिति २०८२ असोज ७ गतेको पत्र एवं सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ११३ मिति २०८२ असोज ८ को पत्र समेतका आधारमा र गाउँकार्यपालिकाको २०८२कात्र्तिक २ गतेको निर्णयबाट उनीहरुको कात्र्तिक १६ गतेदेखि सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताले बताउनुभयो ।

जहदा गाउँपालिकाको कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओ एण्ड मी दरबन्दी भित्र नरहेका करार तथा ज्यालादारी कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने निर्णय भएको आधारमा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । पालिकाले २०८२÷कात्र्तिक १६ गते करार तथा ज्यालादारी कर्मचारीहरुको करार सम्झौता रद्द गरिएको विषयमा विज्ञप्ती समेत सार्वजानिक गरेको उहाँले जानकारी दिनुभयो ।

पालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ६ बमोजिम स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओ एण्ड मी स्वीकृत गरी कार्यान्वनयमा रहेको थियो । तर नेपाल सरकारको स्वीकृत कार्यक्रम अनुसार नेपाल सरकारबाटै शसर्त अनुदानमा बजेट प्राप्त भई कार्यक्रम निरन्तर रहेको कार्यक्रम अन्तर्गत नियुक्ति भएका४६जना करार दरबन्दीका कर्मचारीहरु यथावत नै रहेको उहाँले बताउनुभयो ।