१८ कार्तिक बिराटनगर
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले बिबिए संकाय तर्फको प्रवेश परीक्षाको नजितामाथि प्रश्न उठेको छ । क्याम्पस प्रशासनले २ दिनमा २ प्रकारको नतिजा सार्वजनिक गरेपछि प्रकाशित नतिजामाथि प्रश्न उठेको हो । क्याम्पस प्रशासनले शैक्षिक सत्र २०८२/०८३ का लागि बिबिए संकाय तर्फ ९९ सय जना विद्यार्थीको नाम सार्वजनिक गर्यो तर १२ घण्टापछि क्याम्पस प्रशासनले पुनः अर्को लिस्ट जारी गर्यो ।
आइतबार पहिलो लिस्टमा नाम निकाल्न सफल ५ जना विद्यार्थीलाई वेटिङ लिस्टमा राखेर थप ५ जना विद्यार्थीलाई ९९ जनाको लिस्टमा सहभागी गराएपछि क्याम्पस प्रशासनमाथि प्रश्न उठेको हो । र यसको छानबिन हुनुपर्ने पीडित विद्यार्थीले आवाज उठाएका छन् । पीडित विद्यार्थीले छानबिन नसकुन्जेलसम्म भर्ना प्रक्रिया रोक्नु पर्ने माँग गरेका छन् ।
क्याम्पस प्रशासनले दोस्रो लिस्ट जारी गर्दा निभा अग्रवालको नाम थपिएको छ । निभा अग्रवालले बिबिएको प्रवेश परीक्षामा ७१.५० नम्बर ल्याएको देखिन्छ । पहिलो लिस्ट जारी गर्दा त्रुटि भएको भन्दै क्याम्पस प्रशासनले निभा अग्रवालको नाम दोस्रो लिस्टमा समावेश गरिदिएको हो ।
निभा अग्रवालले बिबिएम र बिबिए दुवै विषय अध्ययनका लागि क्याम्पसमा भर्ना फारम भरेका थिए । निभा अग्रवालको बिबिएम अध्ययनका लागि प्रवेश परीक्षामा नाम निकालेका थिए । भने बिबिए अध्ययनका लागि दिएको प्रवेश परीक्षामा नाम निकाल्न सकेन । निभा अग्रवालले बिबिएम तर्फको प्रवेश परीक्षामा ५६.५ नम्बर ल्याएको देखिन्छ । जबकी निमा अग्रवालले बिबिएम तर्फको प्रवेश परीक्षामा सहभागी भएको थिएन ।
प्रवेश परीक्षा नदिएको बिबिएम संकाय तर्फ निभा अग्रवालको नाम क्याम्पस प्रशासनले कसरी निकाले चर्चा र बहसको विषय बनेको छ । नेपालको सरकारी क्याम्पसमा परीक्षा नै नदिएको विद्यार्थी कसरी प्रवेश परीक्षामा उत्तीर्ण भयो भन्ने विषयलाई लिएर सरकारले उच्च स्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख रामअवतार शरणले नतिजा प्रकाशनमा त्रुटि देखिएकोले छानबिन भइरहेको बताए ।