योगेन्द्र मण्डल राष्ट्रिय उर्जाशील पार्टी दर्ता गर्दै

१८ कार्तिक  बिराटनगर । 

गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्रनम्बर ५ बाट निर्वाचित स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने भएका छन् । मण्डलले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित गर्दै दल दर्ता गर्ने भएका हुन् । उनको दलको नाम राष्ट्रिय उर्जाशील पार्टी रहने मण्डलले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार (आज) दल दर्ता गर्ने तयारी गरिएको छ । राष्ट्रिय उर्जाशील पार्टीको चुनाव चिन्ह कल प्रस्ताव गरिएको छ । यो दलको संयोजक वा प्रमुख समेत मण्डल नै रहेका छन् । उनले देशभरका ख्यातीप्राप्त व्यक्तिहरुलाई समेटेर दल दर्ता गरी निर्वाचनमा जाने बताएका हुन् ।