२० कार्तिक बिराटनगर
बिहार विधानसभाको निर्वाचनमा आज पहिलो चरणको मतदान भइरहेको छ। १८ जिल्लाको १ सय २१ सिटका लागि अहिले मतदान भइरहेको हो। मतदान बेलुका ५ बजेसम्म हुनेछ। पहिलो चरणको निर्वाचनमा १ सय ४ सिटमा दुई पक्ष बिच सिधा प्रतिस्पर्धा हुँदा अन्य १७ सिटमा भने त्रिपक्षीय भिड्न्त हुँदैछ।
बिहारमा कुल २ सय ४३ सिटका लागि २ चरणमा निर्वाचन हुँदैछ। चुनावको नतिजा १४ नोभेम्बरमा सार्वजानिक गरिने छ। पहिलो चरणमा १३१४ उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। यि उम्मेद्वारको भाग्यको फैसला ३.७५ करोड भोटर्सले गर्ने छन्। भोटिङका लागि ४५, ३४१ बूथ बनाइएको छ।
पहिलो चरणमा १० सिटलाइ हट सिटका रुपमा हेरिएको छ। जसमा तेतस्वी यादव, तेजप्रताप यादव, सम्राट चौधरी विजय कुमार सिन्हा, अन्नत सिंह लगायत ठुलो अनुहार सहित १८ मन्त्रीहरुको समेत भाग्यको फैसला हुने छ। सुरक्षाका लागि ४ लाख भन्दा धेरै सुरक्षाकर्मी खटाइएको छ।
यो पटकको बिहार चुनावमा एनडीए गठबन्धन (जदयू, भाजपा, एलजेपीआर, आरएलएम) लगायत रहँदा महागठबन्धनको तर्फबाट (राजद, कांग्रेस, सिपीआई एमएल, भिआइपी तथा सीपीआइ) चुनावी मैदानमा रहेका छन्।