कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल

२४  कार्तिक बिराटनगर– ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ नै राख्ने सहमति भएको छ।

यसअघि पार्टीकाे नामसमेत परिवर्तन गरेर ‘जनसेवा पार्टी’ राख्ने विषयमा छलफल भएको भए पनि आइतबार साँझ भएको छलफलमा पार्टीको नाम उज्यालो नेपाल नै राख्ने सहमिति भएको एक नेताले जानकारी दिए।

पार्टीको नेतृत्वसमेत कुलमानले नगर्ने सहमति भएको छ। सोमबार (आज) पूर्वसचिव अनुपकुरमा उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गर्न आयोग जाने तयारी भएको छ।

‘पार्टीको नाम फेर्ने हो कि भन्ने विषयमा छलफल भएको हो। तर हिजो (आइतबार) साँझ भएको छलफलमा उज्यालो नेपाल नै राख्ने सहमति भएको छ। सम्भवत आजै हामी निर्वाचन आयोगमा पार्टी दर्ता गर्न जाने तयारी छ’, ती नेताले भने।

उनकानुसार चुनाव चिह्न भने बिजुलीको चिम (बल्व) राख्नेमा सबै सहमति देखिएका छन्।