काठमाण्डौ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरलले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइन जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा हिजो पहिलो किस्ताबापतको रकम दाखिला गरेको हो । उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।