५ मंसिर विराटन: विराटनगर महानगरपालिका–१२ का युवा कमल कुमार शाहले आफ्नो ३०औँ जन्मदिन मानव सेवा आश्रम, विराटनगरमा रहेर सफलतापूर्वक मनाएका छन्। जन्मदिनको अवसरमा शाहले आश्रममा बसोबास गर्दै आएका ६५ जना आमाहरूलाई खाना खुवाएर सेवा तथा मानवीय भावनाको उदाहरण प्रस्तुत गरेका हुन्।
शाहले विगत २० वर्षदेखि आफ्ना जन्मदिनहरू आश्रम, बाल आश्रम तथा विभिन्न सामाजिक संस्थामा बिताउँदै आएका छन्। व्यक्तिगत रूपमा खुसी बाँड्दै समाजप्रति योगदान दिने उद्देश्यले उनले हर वर्ष सेवा–कार्यलाई निरन्तरता दिँदै आएका छन्।
पेसाले शाह met life insurance विराटनगर शाखाका म्यानेजर समेत हुन्। सामाजिक जिम्मेवारीप्रति सचेत शाहका यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश फैलिरहेको छ।आउने दिनहरूमा यस्तो कार्यहरू निरन्त्रण गरिरहने उहाँहरुले बताउनुभएको छन्।