ग्रेटर स्कूलमा रोबोटिक्स तथा विज्ञान प्रदर्शनी सम्पन्न

विराटनगर

। विराटनगर–८ मा अवस्थित ग्रेटर स्कूलले दोस्रो वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै रोबोटिक्स तथा विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले तयार पारेका विभिन्न विज्ञान परियोजना तथा रोबोटिक्स मोडेलहरूको प्रदर्शन गरिएको थियो।
विद्यालयले प्रत्येक परीक्षाको नतिजा प्रकाशनसँगै विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्न उनीहरूद्वारा बनाइएका सामग्रीहरू अभिभावकसमक्ष प्रस्तुत गर्दै आएको प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी दिए। उनले उत्कृष्ट संरचना निर्माण गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा सम्मान तथा पुरस्कार प्रदान गरिने बताए।