बेलायत । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको आरोपमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ यूरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र टेलिभिजनमार्फत् पनि प्रतिक्रिया दिएको आरोपमा दोषी ठहर गरिएको हो ।
गिललाई जेल सजाय सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले ‘महत्त्वपूर्ण अधिकार र विश्वासको पदको दुरुपयोग गरेको ठहर गरिएको बताएका समाचार संस्था एएफपीले जनाएको छ । विदेशी नागरिकबाट भुक्तानी स्वीकार गरेको, उनीहरूको आदेशमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा बयान दिएको, लिखित सामग्री प्रयोग गरेको र अन्य सांसदको संलग्नताको योजना बनाएकोलगायत ठहर भएको छ ।
गिल सन् २०१४ देखि २०२० सम्म सांसद रहेका थिए । उनी यूरोप पक्षधर यूकेआइपी पार्टीको सदस्य थिए । अभियोजनकर्ताका अनुसार गिलले त्यस समयमा झन्डै ४० हजार पाउण्ड अर्थात् (झन्डै ५२ हजार अमेरिकी डलर) भुक्तानी लिएको उल्लेख छ ।